दफा
अध्यक्षको काम, कर्तव्य र अधिकार
(१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) पूँजी बजारको विकास गर्न धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने, (ख) धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने, (ग) बोर्डको कार्यकारी प्रमुख भई काम गर्ने, (घ) धितोपत्र बजार व्यवस्थापन तथा पूँजी बजार विकासको लागि बोर्डले अपनाउनु पर्ने दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने, (ङ) बोर्डको बैठक बोलाउने वा बोलाउन लगाउने र त्यसको अध्यक्षता गर्ने, (च) बोर्डको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने, (छ) बोर्डद्वारा भएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने, (ज) बोर्डको दैनिक कार्यको निरीक्षण तथा सुपरिवेक्षण गरी बोर्डको उद्देश्य अनुसार कार्य गर्ने, (झ) बोर्डलाई आवश्यक सल्लाहकार तथा कर्मचारीहरु तोकिए बमोजिम नियुक्त गर्ने, (ञ) बोर्डद्वारा सुम्पिएका अन्य कामहरु गर्ने गराउने । (२) उपदफा (१) मा लेखिएदेखि बाहेक अध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।